कक्षा त चढे तर सिकाइसहित चढेनन्: शिक्षा मन्त्री खनाल

काठमाडाैं | माघ १५, २०७९

कक्षा त चढे तर सिकाइसहित चढेनन्: शिक्षा मन्त्री खनाल तस्बिर साभार

काठमाडौं:  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले सिकाइ उपलब्धीको अवस्था कमजोर रहेको बताएका छन्। 


शिक्षा पत्रकार सञ्जाल (इजोन)को अधिवेशन उद्घाटन गर्दै शिक्षा मन्त्री खनालले विद्यालय शिक्षाको सिकाइ उपलब्धीको अवस्था कमजोर रहेको बताएका हुन्। 


शिक्षा मन्त्री खनालले भने, ‘विद्यार्थीहरूले कक्षा त चढेका छन् तर सिकाइसहित चढेका छैनन्। तल्ला कक्षालाई वास्ता नगरी एसईईलाई मात्र जोड दिँदा तल्ला कक्षाका विद्यार्थीको अवस्था नाजुक छ।’ 


विद्यालय तहमा सिकाइ कमजोर भएकाले उच्च शिक्षामा पनि त्यसको प्रभाव देखिन थालेको भन्दै शिक्षा मन्त्री खनालले शिक्षा सुधारका लागि आफू लागिरहेको बताए। 


खनालले संघीय शिक्षा ऐन अघि बढाउने विषयलाई प्राथमिकतामा राखेको बताए। शिक्षा मन्त्री खनालले अहिले पनि शिक्षकले चार महिनासम्म तलब नपाउने अवस्था रहेको भन्दै त्यसलाई अन्त्य गर्ने विषयमा छलफल भइरहेको बताए।


शिक्षा पत्रकार सञ्जालको अधिवेशनबाट रविचन्द्र पराजुली अध्यक्षमा निर्वाचित भएका छन्। 


उपाध्यक्षमा सूर्यप्रसाद पाण्डे, महासचिवमा विनोद घिमिरे, सचिवमा पार्वता चौधरी, कोषाध्यक्षमा मञ्जिमा ढकाल चयन भएका छन्। 


यस्तै, सदस्यहरूमा रुपेश आचार्य, अर्जुन पोखरेल, दीपक अर्याल, नुनुता राई, सुनिता लोहनी र दिनेश गौतम रहेका छन्। सञ्जालका अध्यक्ष प्रकृति अधिकारीको अध्यक्षतामा अधिवेशन भएको हो। 

काठमाडौं:   राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उमेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रत...

थप पढ्नुहोस्

पोखरा:    हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डाय...

थप पढ्नुहोस्

म्याग्दी:  पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त र एकान्त वातावरण । पहाडको मध्यभागमा अवस्थित थुम्को । तलतिर देखिने नागबेली परेर बगेको म्याग्दी नदी र ग्रामीण बस्ती चराचुरुङ्गी र वन्यजन्तुका आवाज । ...

थप पढ्नुहोस्